Categories समाचार

टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, चार जना घाइते

Advertisement

वीरगंज । बाराको कोल्हबीमा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ भने उनलाई बचाउन गएका चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कोल्हबी नगरपालिका–३ जुगुवाका १० वर्षीय आकाश रामलाई घरमा टिभी चलाउने क्रममा बिजुलीको तार सर्ट भएर करेन्ट लागेको थियो। उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

Advertisement

बालकलाई करेन्ट लागेको देखेपछि उद्धार गर्न पुगेका उनकी ७० वर्षीया हजुरआमा एतबरिया राम, १२ वर्षीया दिदी निलम राम तथा स्थानीय फुलकुमारी राम र ४१ वर्षीया अनिता शर्मा घाइते भएका छन्।

Advertisement

बारा प्रहरी प्रवक्ता डीएसपी मिनबहादुर घलेका अनुसार घाइते चारै जनाको कोल्हबीस्थित तामागढी अस्पतालमा उपचार भइरहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *