Categories समाचार

गहवामाई मन्दिर परिसरबाट ‘देश मधेश’ साप्ताहिकको शुभारम्भ

Advertisement

वीरगंज । वीरगंजबाट प्रकाशन सुरु भएको ‘देश मधेश’ साप्ताहिक पत्रिकाको शुक्रबार गहवामाई मन्दिर परिसरबाट औपचारिक विमोचन गरिएको छ।

पत्रिकाका प्रकाशक अभिलाश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुबेद्वारा मन्त्रपाठ तथा पूजापाठ गरी विमोचन कार्यक्रम शुभारम्भ गरिएको थियो। प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले पत्रिकाको औपचारिक विमोचन गरेका थिए।

Advertisement

कार्यक्रममा नेपाल इनोभेटिभ सोसाइटीका संस्थापक अध्यक्ष कमल चौगाई, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य अजय साह, क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल र उपाध्यक्ष वीरेन्द्र साहलगायतले पनि पत्रिकाको विमोचन गरेका थिए।

Advertisement

प्रमुख अतिथि चौधरीले आर्थिक नगरी वीरगंजबाट प्रकाशन सुरु भएको ‘देश मधेश’ साप्ताहिकले सत्य–तथ्य समाचारमार्फत समाजलाई सुसूचित गर्ने विश्वास व्यक्त गरे। उनले होटलमा तडकभडकसहित हुने विमोचनभन्दा गहवामाई मन्दिरजस्तो पवित्र धार्मिक स्थलबाट पत्रिका शुभारम्भ गर्नु प्रेरणादायी भएको बताए।

नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष चौगाईले युवा पत्रकारहरूको सक्रियतामा सुरु भएको पत्रिकाले आवाजविहीनहरूको आवाज बन्ने अपेक्षा व्यक्त गरे।

पण्डित पुरुषोत्तम दुबेले अनन्त चतुर्दशीको अवसरमा शुभारम्भ गरिएको पत्रिकाले देश र समाजका पक्षमा निरन्तर कलम चलाउने विश्वास व्यक्त गरे। कार्यक्रममा पत्रकार तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *