Categories समाचार

जापान प्रस्थान गरे राष्ट्रिय पहलवान यादव, २०औँ एशियन गेम्समा १२० केजी तौल समूहमा भिड्दै

Advertisement

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–१० शिवबर्वाका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव २०औँ एशियन गेम्सअन्तर्गत कुस्ती प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न जापान प्रस्थान गरेका छन्।

जापानको आइची–नागोया शहरमा आयोजना हुने प्रतियोगितामा यादवले १२० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। नेपाली कुस्ती क्षेत्रमा स्थापित खेलाडीका रूपमा परिचित यादवले यसअघि राष्ट्रियस्तरमा ९ पटक स्वर्ण पदक जितिसकेका छन्।

Advertisement

यादवले साउथ एशियन गेम्समा रजत पदक जित्नुका साथै सन् २०२३ मा चीनमा सम्पन्न एशियन गेम्समा सातौँ स्थान हासिल गरेका थिए।

Advertisement

यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै नेपालको गौरव बढाउने लक्ष्यसहित यादव प्रतियोगितामा सहभागी हुन लागेका हुन्। उनी उत्तर कोरिया र दुबई हुँदै जापान पुगेका छन्।

यादवको सहभागिताप्रति पोखरिया नगरपालिका, मधेस प्रदेश तथा देशभरका खेलप्रेमीहरूले शुभकामना व्यक्त गर्दै स्वर्ण पदक जितेर देशको गौरव बढाउन कामना गरेका छन्।

२०औँ एशियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची–नागोया शहरमा आयोजना हुँदैछ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *