Categories समाचार

जसपाको टिकटमा जितेका कुर्मी बने कांग्रेसको सदस्य, वडाध्यक्ष पद के होला ?

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै जनता समाजवादी पार्टी नेपाल (जसपा) छाडेर नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएको विवरण सार्वजनिक भएको छ।

कांग्रेसको सार्वजनिक क्रियाशील सदस्य विवरणमा कुर्मीको नाम र सदस्यता नम्बर १०३५९४ उल्लेख छ। स्थानीय तह निर्वाचनमा भने उनी जसपाको टिकटबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

Advertisement

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ अनुसार आफू निर्वाचित भएको दल त्याग गर्न नपाइने र त्यसविपरीत अर्को दलको सदस्यता लिएमा निर्वाचित पद स्वतः रिक्त हुने व्यवस्था रहेको छ। दफा ३२ ले अर्को दलको सदस्यता लिनुलाई दल त्याग गरेको मान्ने व्यवस्था गरेको छ।

Advertisement

यसकारण कांग्रेसको क्रियाशील सदस्यता लिएको विवरण पुष्टि भएमा कुर्मीको वडाध्यक्ष पद स्वतः रिक्त हुने हो वा होइन भन्ने विषय सम्बन्धित निकायबाट कानुनी रूपमा स्पष्ट हुनुपर्ने देखिएको छ।

कुर्मीको कांग्रेस प्रवेशले जसपाभित्र पनि राजनीतिक तथा संगठनात्मक प्रश्न उठाएको छ। पार्टीको टिकटबाट निर्वाचित जनप्रतिनिधिले कार्यकालकै बीचमा अर्को दलको सदस्यता लिएको विवरण सार्वजनिक हुँदा पनि जसपाले हालसम्म के कदम चाल्छ भन्ने विषय चासोको बनेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *