Categories समाचार

ग्रावेल अनलोड गर्ने क्रममा टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु

Advertisement

वीरगंज । धनुषामा ग्रावेल अनलोड गर्ने क्रममा टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु भएको छ।

मिथिला नगरपालिका–३ लालभित्तीस्थित औरही बाबा बालुवा प्रशोधन उद्योगमा बिहीबार बिहान ग्रावेल अनलोड गर्ने क्रममा प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपर अनियन्त्रित भएर पल्टिएको थियो।

Advertisement

दुर्घटनामा क्रसर सञ्चालक स्थानीय ३६ वर्षीय हरि महतो गम्भीर घाइते भएका थिए। जेसिबीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक उदय शम्शेर जबराले जानकारी दिए।

Advertisement

दुर्घटनामा टिपर चालकसमेत गम्भीर घाइते भएका छन्। उनको खुट्टामा गम्भीर चोट लागेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *