Categories समाचार

संसद्‌मा जबरा पक्राउबारे प्रश्न, सरकारसँग स्पष्ट जवाफ माग

Advertisement

वीरगंज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषय राष्ट्रियसभामा उठेको छ। बिहीबारको बैठकको शून्य समयमा सांसदहरूले जबरालाई नियन्त्रणमा लिनुको कारण, कानुनी आधार र सरकारको धारणा संसद्‌मार्फत स्पष्ट गर्न माग गरेका छन्।

सांसद खम्मबहादुर खातीले घटनाबारे सरकारले तत्काल सदनलाई जानकारी गराउनुपर्ने बताए। सांसदद्वय महन्थ ठाकुर र रामकुमारी झाँक्रीले पनि पूर्वप्रधानन्यायाधीशजस्तो संवैधानिक पद सम्हालिसकेको व्यक्तिलाई पक्राउ गरिएको विषयमा गृहमन्त्रीले सदनमा उभिएर स्पष्ट पार्नुपर्ने माग गरे।

Advertisement

जबरालाई असोज ११ गते राति महाराजगञ्जस्थित निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिनुको कारण तत्काल सार्वजनिक नगरेको र सोधपुछपछि घरमै सुरक्षा दिने गरी छाडिएको विवरण सार्वजनिक भएपछि सांसदहरूले घटनाको वास्तविक तथ्यबारे सरकारसँग जवाफ माग गरेका हुन्।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *