Categories समाचार

परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

Advertisement

वीरगंज । परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाएर १३ वर्षीया छात्रामाथि बालयौन दुर्व्यवहार गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ घर भई हाल रामेछापमा अध्यापन गराउँदै आएका ४८ वर्षीय नवराज भण्डारी रहेका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार भण्डारीले आफैंले पढाउने छात्रालाई परीक्षामा पास गराइदिने भन्दै फकाएर पटक–पटक यौनजन्य दुर्व्यवहार गरेको आरोप छ।

Advertisement

प्रहरीका अनुसार उनले छात्राको संवेदनशील अंग छुने तथा चिमोट्ने गरेको र फेसबुक मेसेन्जरमार्फत अश्लील फोटो, भिडियो तथा सन्देश पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले बुधबार भण्डारीलाई पक्राउ गरेको हो। उनलाई रामेछाप जिल्ला अदालतबाट ८ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए।

प्रहरीले घटनासम्बन्धी थप तथ्य अनुसन्धानबाट खुल्ने जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *