वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सदस्यमा नियुक्त भएका विकी सर्राफलाई मानवसेवा आश्रम वीरगञ्जले प्रशंसापत्रसहित सम्मान गरेको छ।
आश्रममा आयोजित सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सराफलाई मानवसेवा आश्रमप्रति देखाउँदै आएको निरन्तर माया, सद्भाव र सहयोगका लागि प्रशंसापत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हो।
कार्यक्रममा मानवसेवा आश्रम वीरगञ्जका प्रमुख संरक्षक तथा मधेस विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. दीपक शाक्य, अभिभावकहरू प्रकाश थारु, कमल चौगाई, महेश सिंह धामी, प्रकाश अमात्यलगायत विभिन्न युवा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले सर्राफको नयाँ जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना व्यक्त गरेका थिए। आश्रमले मानवीय सेवाका क्षेत्रमा सर्राफबाट आगामी दिनमा समेत निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।




