Categories समाचार

वीरगञ्जको विकास र समान अधिकार माग्दै मधेश मेट्रो मुभमेन्टको धर्ना

Advertisement

वीरगञ्ज । वीरगञ्जको समग्र विकास, समान अधिकार र सामाजिक न्यायको माग गर्दै मधेश मेट्रो मुभमेन्टले घण्टाघर चोकमा शान्तिपूर्ण धर्ना तथा प्रदर्शन जारी राखेको छ।

अध्यक्ष राकेश कुमार सहनीसहित डा. नरोत्तम झा, रमिता माया गुप्ता, धिरज गुप्ता, अजय साहलगायतको सहभागितामा तीन दिनदेखि जारी धर्ना नौ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

Advertisement

मुभमेन्टले गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, व्यवस्थित सडक तथा ढल व्यवस्थापन, नारायणी रंगशाला, श्रीसिया नदीसहित धार्मिक–सांस्कृतिक सम्पदा र सार्वजनिक संरचनाको संरक्षण तथा विकासमा राज्यको प्राथमिकता माग गरेको छ।

Advertisement

‘उपेक्षा होइन, विकास चाहियो’ र ‘असमानता होइन, सामाजिक न्याय चाहियो’ भन्ने नारासहित भइरहेको अभियानमार्फत वीरगञ्ज र पर्साका विकासका सवाललाई सम्बन्धित निकायसम्म पुर्‍याउने उद्देश्य रहेको अध्यक्ष सहनीले बताएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *