Categories समाचार

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद र १ लाख ९० हजार जरिवाना तोकिएका दुई फरार पक्राउ

Advertisement

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा अदालतबाट १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१६ निवासी २९ वर्षीय विर नारायण चौरसिया र २४ वर्षीय राज नारायण चौरसिया रहेका छन्।

Advertisement

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई असोज १५ गते दिउँसो करिब ४ः३० बजे वीरगंज–१६, इनर्वाबाट नियन्त्रणमा लिएको हो।

Advertisement

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *