Categories समाचार

विद्यालय सबैका लागि हुनुपर्नेमा विद्यार्थीको जोड

Advertisement

वीरगंज । पर्साको धोविनी र जगरनाथपुर गाउँपालिकामा आयोजित ‘समावेशी शिक्षा र सुरक्षित विद्यालय’ विषयक वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरूले विद्यालय सबै बालबालिकाका लागि समान, सुरक्षित र भेदभावरहित हुनुपर्नेमा जोड दिएका छन्।

अकाउन्टेबिलिटी ल्याब नेपालको सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC) पर्साको आयोजना तथा सहकार्यमा धोविनीस्थित श्री अजिज मियाँ माध्यमिक विद्यालय र जगरनाथपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, संठीमा प्रतियोगिता आयोजना गरिएको हो।

Advertisement

विद्यार्थीहरूले जात, लिंग, आर्थिक तथा शारीरिक अवस्थालगायतका आधारमा हुने विभेदले शिक्षामा असर पार्ने भन्दै सबै बालबालिकाले सुरक्षित वातावरणमा समान अवसर र सम्मानका साथ अध्ययन गर्न पाउनुपर्ने धारणा राखेका थिए। उनीहरूले सुरक्षित विद्यालय भन्नाले भौतिक संरचना मात्र नभई डर, हिंसा र भेदभावमुक्त वातावरण पनि रहेको बताएका थिए।

Advertisement

धोविनीमा भएको प्रतियोगितामा रामशरण पटेल प्रथम, अब्दुल अन्सारी द्वितीय र नौसाद आलम तृतीय भएका छन्। कार्यक्रममा करिब १२० जनाको सहभागिता रहेको थियो।

यस्तै, जगरनाथपुरमा काजल कुमारी प्रथम, राजकुमार साह द्वितीय र सेस्नी कुमारी तृतीय भएका छन्। नौसाद आलम र अञ्जली कुमारीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। उक्त कार्यक्रममा करिब १३५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा विद्यार्थीहरूले बालअधिकार सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक, समुदाय र स्वयं विद्यार्थीबीच सहकार्य आवश्यक रहेको बताएका थिए। आयोजकका अनुसार कार्यक्रमले विद्यार्थीलाई आफ्ना विचार र सवाल सार्वजनिक रूपमा राख्ने अवसर प्रदान गर्नुका साथै समावेशी शिक्षा, बालअधिकार तथा सुरक्षित विद्यालयबारे विद्यालय र समुदायस्तरमा संवादको वातावरण निर्माण गर्न सहयोग पुगेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *