Categories समाचार

सडकको बेहाल अवस्था देखाउँदै बहुअरीमा स्थानीयको विरोध, पहल नभए आन्दोलन बढाउने चेतावनी

Advertisement

वीरगंज । पर्साको ड्राइपोर्टदेखि बहुअरी चोक हुँदै परवानीपुर–मिलनचोकतर्फ जाने सडक जीर्ण बन्दै गएपछि स्थानीयले विरोध जनाएका छन्। सडकको बिग्रिएको अवस्था सुधारका लागि सम्बन्धित निकायले चासो नदिएको भन्दै स्थानीयले शनिबार करिब ३० मिनेट सडक जाम गरेर ध्यानाकर्षण गराएका हुन्।

वीरगंज महानगरपालिका–२४ स्थित बहुअरी मठ अगाडिको सडकमा पिच उप्किएर खाल्डाखुल्डी तथा सतह असमान बनेपछि दैनिक आवतजावत गर्ने सवारीसाधन र यात्रु जोखिममा परेको स्थानीयको गुनासो छ। विशेषगरी तीव्र गतिमा आउने सवारीसाधन सडकको बिग्रिएको भागमा पुग्दा अनियन्त्रित भई दुर्घटना हुने जोखिम बढेको उनीहरू बताउँछन्।

Advertisement

सडक बनेको केही वर्षमै विभिन्न स्थानमा पिच उप्किएर जीर्ण बने पनि समयमै मर्मत तथा अनुगमन नभएको स्थानीयको आरोप छ। रातको समयमा सडकको बिग्रिएको भाग स्पष्ट नदेखिने भएकाले दुर्घटनाको जोखिम थप बढ्ने उनीहरूको भनाइ छ।

Advertisement

स्थानीयले दुर्घटना भएपछि मात्रै मर्मत गर्नेभन्दा दुर्घटना हुनुअघि नै जोखिमयुक्त सडक सुधार गर्नुपर्ने माग गरेका छन्। सडकको प्राविधिक निरीक्षण गरी बहुअरी मठ अगाडिसहित जीर्ण स्थानमा तत्काल मर्मत तथा पिच पुनःनिर्माण गर्न उनीहरूले सम्बन्धित सडक कार्यालय, स्थानीय तह तथा सरोकारवाला निकायसँग आग्रह गरेका छन्।

शनिबार पहिलो चरणमा ३० मिनेट सडक जाम गरेर ध्यानाकर्षण गराइएको र त्यसपछि पनि सम्बन्धित निकायबाट पहल नभए चरणबद्ध रूपमा थप विरोधका कार्यक्रम अघि बढाउने स्थानीयले चेतावनी दिएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *