Categories समाचार स्वास्थ्य

बुवाकै अनुगमनमा नवीकरण भएको कलेजमाथि रहबरको आरोप, उठ्यो स्वार्थ–सम्बन्धको प्रश्न

Advertisement

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले प्रतिनिधिसभामा गम्भीर आरोप लगाएपछि आरोपको प्रमाणसँगै उनको पारिवारिक तथा व्यावसायिक पृष्ठभूमिमाथि समेत प्रश्न उठेको छ।

सांसद अन्सारीले नेशनल मेडिकल कलेजमा करिब २५ जना ‘नक्कली प्राध्यापक’ देखाएर स्नातकोत्तर तहका सिट प्राप्त गरिएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा सुरक्षागार्डलाई बिरामी बनाएर राखिएको तथा ‘नक्कली बिरामी’ र ‘नक्कली निरीक्षण’का माध्यमबाट प्रक्रिया प्रभावित पारिएको दाबी गरेका छन्।

Advertisement

तर, अन्सारीले लगाएका यी गम्भीर आरोप पुष्टि गर्ने सम्बन्धित नियामक निकायको आधिकारिक निष्कर्ष हालसम्म सार्वजनिक भएको छैन। नेशनल मेडिकल कलेजले पनि विज्ञप्तिमार्फत आरोपलाई अस्वीकार गर्दै आफू लामो समयदेखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुँदै आएको र चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य मन्त्रालयलगायत निकायको नियमित नियमन तथा अनुगमनमा रहेको जनाएको छ।

Advertisement

साथै सांसद अन्सारीका बुवा डा. अनवर इलाही अन्सारी नेपाल मेडिकल काउन्सिलका पूर्वउपाध्यक्ष हुन्। उनी काउन्सिलको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए र त्यसअघि काउन्सिल सदस्यका रूपमा समेत काम गरिसकेका थिए।

डा. अनवर इलाही अन्सारीले नेपाल मेडिकल काउन्सिलको जिम्मेवार पदमा रहँदा नेशनल मेडिकल कलेजको अनुगमनसमेत गरेका थिए। कलेज प्रशासनले त्यतिबेला तयार गरिएको अनुगमन प्रतिवेदनका आधारमा कलेजको अनुमतिपत्र तथा सम्बन्धित स्वीकृति पटक–पटक नवीकरण भएको दाबी गरेको छ।

तर अहिले सांसद अन्सारीले सोही संस्थामाथि लगाएका आरोपले प्रश्न उठ्छ—बुवाले नियामक निकायको जिम्मेवार पदमा रहँदा अनुगमन गरेको र त्यसकै आधारमा कलेजको स्वीकृति नवीकरण भएको भनिएको अवस्थामा अहिले छोराले सोही कलेजमाथि गम्भीर आरोप लगाउनुको अर्थ नै नेशनल मेडिकल कलेजलाई बदनाम गराउने हो ?

अर्कोतर्फ, सांसद रहबर अन्सारी स्वयं पनि स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष जोडिएका व्यक्ति हुन्। सांसद अन्सारी वीरगञ्जस्थित गण्डक अस्पतालको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिसकेका छन्। निजी स्वास्थ्य संस्थाको व्यवस्थापनमा प्रत्यक्ष अनुभव भएका व्यक्तिले अर्को निजी मेडिकल कलेजमाथि गम्भीर आरोप लगाउँदा आरोपको प्रमाणसँगै उनको सम्भावित व्यावसायिक हित–सम्बन्धबारे प्रश्न उठ्नु स्वाभाविक देखिन्छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *