Categories समाचार

वरिष्ठ साहित्यकारदेखि उत्कृष्ट शिक्षिकासम्म : साहलाई ‘बेस्ट प्रिन्सिपल अफ द इयर–२०२६’ सम्मान

Advertisement

वीरगंज । वीरगंजस्थित कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापिका, वरिष्ठ साहित्यकार तथा भोजपुरी प्रतिष्ठान, वीरगंजकी अध्यक्ष अनिता साहलाई ‘वर्ष उत्कृष्ट प्रधानाध्यापक–२०२६’ सम्मान प्रदान गरिएको छ।

प्रधानाध्यापक संघ नेपाल, मधेश प्रदेशद्वारा आयोजित मधेश प्रदेशस्तरीय सम्मेलन–२०२६मा साहलाई कक्षा १ देखि १२ तहअन्तर्गत उत्कृष्ट प्रधानाध्यापकका रूपमा सम्मान गरिएको हो।

Advertisement

विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्व, गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता, विद्यार्थी तथा शिक्षकको हित र विद्यालयको समग्र विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।

Advertisement

सम्मानपत्रमा साहको दूरदर्शी नेतृत्व, उत्कृष्ट प्रशासनिक क्षमता, शैक्षिक गुणस्तरप्रतिको प्रतिबद्धता, विद्यार्थीको सर्वाङ्गीण विकासप्रतिको चासो तथा विद्यालय सुधारका लागि गरेको निरन्तर पहलको प्रशंसा गरिएको छ। विद्यालयलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न समुदायसँगको सहकार्य र नवीन शैक्षिक अभ्यासमा उनले पुर्‍याएको योगदानलाई समेत सम्मानपत्रमा उल्लेख गरिएको छ।

शिक्षण पेशासँगै साह भोजपुरी भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय वरिष्ठ साहित्यकारका रूपमा समेत परिचित छन्। उनी भोजपुरी प्रतिष्ठान, वीरगंजकी अध्यक्षको जिम्मेवारीमा रहेर भोजपुरी भाषा तथा साहित्यको विकासमा योगदान पुर्‍याउँदै आएकी छन्।

व्यावसायिक तथा साहित्यिक जिम्मेवारीसँगै पारिवारिक दायित्वलाई समेत कुशलतापूर्वक निर्वाह गर्दै आएकी साहलाई कुशल गृहणी, शिक्षिका, साहित्यकार तथा कुशल नेतृत्वकर्ताका रूपमा समेत चिनिन्छ।

सम्मानपत्रमा प्रधानाध्यापक संघ नेपाल, मधेश प्रदेशका महासचिव प्रेमेन्द्र कुमार निधि, अध्यक्ष सञ्जय कुमार झा तथा प्रधानाध्यापक संघ नेपालका अध्यक्ष सुदाम प्रसाद गौतमको हस्ताक्षर रहेको छ।

शिक्षा, साहित्य र सामाजिक क्षेत्रमा निरन्तर सक्रिय साहलाई प्राप्त यो सम्मानले वीरगंजको शैक्षिक तथा साहित्यिक क्षेत्रमा उनको योगदानलाई थप सम्मानित बनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *