Categories समाचार

रास्वपा सांसद चन्दन सिंहसहित १४ जनाविरुद्ध बारामा मुद्दा दर्ता

Advertisement

वीरगञ्ज । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको परमादेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा–२ का सांसद चन्दन कुमार सिंहसहित १४ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा ‘भेदभाव तथा अपमानजनक व्यवहार’ कसुरमा मुद्दा दर्ता भएको जनाइएको छ।

देवताल गाउँपालिका–५ का ३१ वर्षीय गनपत कुमार महतोको जाहेरीका आधारमा गत असोज ६ गते मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो।

Advertisement

करार सेवाका सुपरभाइजर महतोले पालिकाभित्रका अनियमितता तथा विकास निर्माणमा भएको अवरोधको विरोध गरेपछि २०८१ कात्तिक २७ गते सांसद सिंहको अगुवाइमा आफूलाई सामाजिक बहिष्कार गर्ने निर्णय गराइएको आरोप लगाएका छन्। आफू र परिवारलाई धार्मिक–सामाजिक कार्यक्रम, विवाह तथा सार्वजनिक स्थलमा सहभागी हुन रोक लगाइएको उनको दाबी छ।

Advertisement

यसअघि प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि महतो अदालत पुगेका थिए। अदालतको परमादेशपछि मुद्दा दर्ता भए पनि हालसम्म कसैविरुद्ध पक्राउ पुर्जी जारी नभएको प्रहरीले जनाएको छ। सांसद सिंहमाथिका आरोपहरू जाहेरीकर्ताको दाबीका रूपमा अनुसन्धानबाट पुष्टि हुन बाँकी छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *