Categories समाचार

लायन्स क्लब वीरगंज मेट्रोसिटीकी अध्यक्ष पिया सिंह सम्मानित

Advertisement

वीरगंज । लायन्स क्लब अफ वीरगंज मेट्रोसिटीकी अध्यक्ष पिया सिंहलाई क्लब अध्यक्षका रूपमा गरेको योगदान र सामाजिक सेवामा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ।

पूर्व डिस्ट्रिक्ट गभर्नर विनय बस्नेतले सिंहलाई सम्मान गर्दै उनको नेतृत्वमा क्लबले गरेका सामाजिक तथा सेवामूलक गतिविधिको प्रशंसा गरेका थिए।

Advertisement

सम्मान ग्रहण गर्दै सिंहले आफूलाई प्राप्त सम्मानले सामाजिक सेवामा थप सक्रिय भएर काम गर्ने प्रेरणा मिलेको बताइन्। उनले सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सामाजिक सेवाप्रतिको थप जिम्मेवारीका रूपमा लिएको उल्लेख गरिन्।

Advertisement

सिंहले आफूलाई निरन्तर मार्गदर्शन, सहयोग र प्रोत्साहन गर्ने लायन्सका वरिष्ठ पदाधिकारी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समुदाय केन्द्रित सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *