वीरगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिका–२६ मा आयोजित वडा भेला सम्पन्न भएको छ।
भेलाबाट रामबाबु प्रसाद कुर्मी वडा सभापतिमा निर्वाचित भएका छन्। भेलाले १७ सदस्यीय वडा समिति गठन गर्नुका साथै २१ जना क्षेत्रीय प्रतिनिधिसमेत चयन गरेको छ।
महाधिवेशनको तयारीस्वरूप आयोजित भेलामा स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। भेलाबाट निर्वाचित वडा समिति र क्षेत्रीय प्रतिनिधिले पार्टीको संगठन सुदृढीकरण तथा आगामी महाधिवेशनका गतिविधिमा भूमिका निर्वाह गर्ने जनाइएको छ।




