Categories समाचार

वीरगंजबाट रक्सौलतर्फ जाँदै गरेको ई–रिक्साबाट ११ किलो चरेस बरामद

Advertisement

वीरगंज । वीरगंजबाट भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको चरेस भारतीय सुरक्षा निकायले बरामद गरेको छ। वीरगंज महानगरपालिका–२ छपकैया निवासी ३९ वर्षीय अमर चौधरीलाई ११ किलो २४६ ग्राम चरेससहित भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका हुन्।

वीरगंज–रक्सौल नाकाको मितेरी पुल हुँदै रक्सौलतर्फ गइरहेको ई–रिक्सालाई भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले शनिबार साँझ रोकेर जाँच गरेको थियो। त्यस क्रममा रिक्साभित्र लुकाएर राखिएको २२ वटा कालो प्लास्टिकका प्याकेटमा चरेस फेला परेको जनाइएको छ।

Advertisement

भारतीय सुरक्षाकर्मीका अनुसार वीरगंज नाकाबाट भारततर्फ ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा विशेष चेकजाँच गरिएको थियो। पक्राउ परेका चौधरी र ई–रिक्सालाई आवश्यक कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया थानाको जिम्मा लगाइएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *