Categories समाचार

भन्सार छलीका १० लाखभन्दा बढीका मोबाइल, कस्मेटिक सामान र स्याउ बरामद

Advertisement

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १० लाख ६ हजार ७ सय ६० रुपैयाँ बराबरका मोबाइल, कस्मेटिक सामान र स्याउ बरामद गरेको छ।

प्रहरीका अनुसार असोज १८ गते बिहान वीरगंज महानगरपालिका–१४ स्थित गण्डक चोकबाट भारतबाट भन्सार छली ल्याइएका एप्पल कम्पनीका आईफोन–१७ का ३ थान र आईफोन–१५ को १ थान गरी ४ थान मोबाइल बरामद गरिएको हो। बरामद मोबाइलको मूल्य ५ लाख ५२ हजार २ सय १० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

Advertisement

त्यसैगरी, सोही दिन साँझ वीरगंज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट ४ लाख ५४ हजार ५ सय ५० रुपैयाँ बराबरका कस्मेटिक सामान तथा स्याउ बरामद गरिएको छ।

Advertisement

दुवै स्थानबाट बरामद गरिएको मोबाइल, कस्मेटिक सामान र स्याउ गरी जम्मा १० लाख ६ हजार ७ सय ६० रुपैयाँ बराबरका सामान आवश्यक कारबाहीका लागि असोज १९ गते आज वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिएका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *