Categories समाचार

पीएचडी उपाधि हासिल गरेका डा. बैठालाई वीरगंज महानगरको सम्मान

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाले पीएचडी उपाधि हासिल गरेका वीरगंज–२३ निवासी डा. राजु बैठालाई सम्मान गरेको छ।

भारतको पञ्जाबस्थित आरआईएमटी विश्वविद्यालयबाट राजनीति शास्त्रमा पीएचडी गरेका बैठाले ‘Performance Evaluation of Birgunj Metropolitan Municipality: A Study of Selected Services’ शीर्षकमा अनुसन्धान गरेका हुन्।

Advertisement

महानगर प्रमुख राजेशमान सिंहले डा. बैठालाई खादा लगाएर सम्मान गर्दै उनको शैक्षिक उपलब्धिले वीरगंजको नाम देश–विदेशमा उज्ज्वल बनाएको बताए। उनले डा. बैठालाई सम्मान गर्न पाउँदा महानगर गौरवान्वित भएको उल्लेख गरे।

Advertisement

सम्मान कार्यक्रममा डा. बैठाले आफ्नो अनुसन्धानमा आधारित पुस्तकसमेत महानगर प्रमुख सिंहलाई हस्तान्तरण गरे। अनुसन्धानमा वीरगंज महानगरपालिकाले नागरिकलाई प्रदान गर्दै आएका सार्वजनिक सेवाको कार्यक्षमता, प्रभावकारिता र परिणाममूलक पक्षको अध्ययन गरिएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले अनुसन्धानबाट प्राप्त निष्कर्ष महानगरपालिकाका लागि उपयोगी हुने बताए। अनुसन्धानले औंल्याएका विषयलाई आधार बनाएर सेवा प्रवाहमा सुधार गर्न सहज हुने उनको भनाइ थियो।

सम्मान ग्रहण गर्दै डा. बैठाले आफूलाई प्राप्त प्रेरणा, सहयोग र साथकै कारण यो उपलब्धि हासिल गर्न सफल भएको बताए। उनले आगामी दिनमा शिक्षा, अनुसन्धान र सामाजिक योगदानमार्फत क्षेत्रको विकासमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *