Categories समाचार

बजरंग टोलमा मुख्य सडकमै मालवाहक सवारी पार्किङ: आवागमन प्रभावित, सम्बन्धित निकाय मौन

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित बजरंग टोलमा मुख्य सडकमै ठूला मालवाहक सवारीसाधन रोकिँदा सडक आवागमन प्रभावित भएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्।

एयसटी प्रालिमा सामान लोड तथा अनलोड गर्न आउने ट्रक तथा अन्य ठूला सवारीसाधन लामो समयसम्म सडक किनारमा रोकिँदा सवारी आवागमनमा अवरोध हुनुका साथै दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ छ।

Advertisement

कम्पनीमा आउने मालवाहक सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था नहुँदा मुख्य सडक नै पार्किङस्थलजस्तो बन्ने गरेको स्थानीयले बताएका छन्। यसबाट पैदलयात्रीलाई समेत सडक प्रयोग गर्न समस्या हुने गरेको उनीहरूको गुनासो छ।

Advertisement

पर्सा ट्राफिक प्रहरीले मुख्य सडकमा जथाभावी सवारी पार्किङ गर्न नपाइने जनाएको छ। अव्यवस्थित पार्किङ गरेको भेटिए ट्राफिक नियमअनुसार कारबाही गरिने प्रहरीले स्पष्ट पारे पनि अझैसम्म कुनै कारबाही गरेको देखिएको छैन ।

यसैबीच, एयसटी प्रालिका सुमित अग्रवालले मुख्य सडकमा सवारीसाधन पार्किङ नगर्ने प्रतिबद्धता जनाए पनि पुनः सोही स्थानमा ट्रक रोकिएको स्थानीयले दाबी गरेका छन्।

स्थानीयले उद्योग–व्यवसाय सञ्चालनसँगै सडक सुरक्षा र सर्वसाधारणको सहज आवागमनलाई प्राथमिकता दिन तथा मुख्य सडकमा हुने भारी सवारी पार्किङ तत्काल व्यवस्थित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *