Categories समाचार

विद्यालय सुधार योजनाको पुनरावलोकन तथा प्रभावकारी कार्यान्वयनबारे अभिमुखीकरण

Advertisement

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यालय सुधार योजना (SIP) को पुनरावलोकन, संशोधन तथा प्रभावकारी कार्यान्वयनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

अकाउन्टेबिलिटी ल्याब नेपालको आर्थिक सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC), पर्साको प्राविधिक सहयोगमा सञ्चालित ACCESS परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

Advertisement

कार्यक्रममा विद्यालयको वर्तमान अवस्था, विद्यार्थीका आवश्यकता र स्थानीय परिवेशअनुसार SIP लाई समयसापेक्ष बनाउने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले शैक्षिक गुणस्तर सुधारसँगै सबै बालबालिकाको समान पहुँच, सुरक्षित वातावरण र समावेशी सिकाइ सुनिश्चित गर्न SIP को नियमित समीक्षा तथा आवश्यकताअनुसार संशोधन गर्नुपर्नेमा जोड दिए।

Advertisement

अभिमुखीकरणमा SIP को उद्देश्य, निर्माण प्रक्रिया, प्राथमिकता निर्धारण, कार्यान्वयन तथा अनुगमनका विषयमा जानकारी गराइएको थियो। साथै, समावेशी शिक्षा, बाल संरक्षण, बाल सहभागिता, लैङ्गिक समानता, अपाङ्गता भएका बालबालिकाको पहुँच तथा सुरक्षित विद्यालय निर्माणलाई योजनामा प्राथमिकताका साथ समेट्नुपर्ने बताइएको थियो।

जलवायु परिवर्तन तथा विपद्का कारण विद्यालयमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै जोखिम पहिचान, पूर्वतयारी, आपत्कालीन प्रतिक्रिया र विपद् व्यवस्थापनका उपायलाई समेत SIP मा समावेश गर्नुपर्ने विषयमा अन्तरक्रिया भएको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, बाल क्लबका प्रतिनिधि तथा अभिभावकको सहभागिता थियो। सहभागीहरूले विद्यालयका समस्या, विद्यार्थीका आवश्यकता तथा सुधारका प्राथमिकताबारे धारणा राखेका थिए।

कार्यक्रमको सहजीकरण SODCC, पर्साका कार्यकारी निर्देशक रुपक पाण्डेले गरेका थिए। उनले विद्यालय सुधार योजना कागजी दस्तावेजमा सीमित नभई विद्यालयको शैक्षिक, व्यवस्थापकीय तथा समग्र वातावरण सुधारको आधार बन्नुपर्ने बताए।

उनले विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरकारबीचको सहकार्यबाट SIP लाई प्रभावकारी बनाउन सकिने भन्दै विद्यालयको आवश्यकता र परिस्थितिअनुसार यसको नियमित समीक्षा तथा परिमार्जन गर्नुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *