Categories खेलकुद

वीरगञ्जमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न, विद्यार्थीको बेल्ट स्तर वृद्धि

Advertisement

वीरगञ्ज । वीरगञ्जको विर्ता तेक्वान्दो दोजाङको आयोजनामा सम्पन्न ग्रेडिङ तथा तेक्वान्दो तालिम कार्यक्रममा विद्यार्थीहरूले तेक्वान्दोका विभिन्न कला, पुम्से र आत्मरक्षा सीप प्रदर्शन गरेका छन्।

श्री सुन्दरमल रामकुमार कन्या विद्यालयकी प्रधानाध्यापिका अनिता साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा दाता परिवारका प्रदीप केडिया र पब्लिक फिटनेस क्लबका प्रमुख करण यादवको विशेष उपस्थिति रहेको थियो।

Advertisement

विद्यालय तथा दोजाङका विद्यार्थीहरूको शारीरिक तन्दुरुस्ती, अनुशासन र खेलकुद सीपको मूल्याङ्कन गर्दै उनीहरूको बेल्ट स्तर वृद्धि गरिएको हो।

Advertisement

विर्ता तेक्वान्दो दोजाङका प्रशिक्षक रेहाना खातुनको प्रशिक्षणमा विद्यार्थीहरूले तेक्वान्दोका सीप सिक्दै आएका छन्। कार्यक्रममा विद्यार्थीहरूको प्रगतिप्रति खुसी व्यक्त गर्दै दोजाङको उत्तरोत्तर प्रगति र निरन्तर सफलताको शुभकामना व्यक्त गरिएको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *