वीरगंज । ‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नारासहित ७१औँ प्रहरी दिवसको अवसरमा भोलि वीरगंजमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा नेपाल रेडक्रस सोसाइटी र भोलेन्टियर समूह वीरगंजको सहकार्यमा असोज २६ गते सोमबार जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा रक्तदान कार्यक्रम हुन लागेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्लले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
सो अवसरमा प्रवक्ता मल्लले रक्तदान गरी मानवीय सेवामा सहयोग पुर्याउन सबैमा अपिल गरेका छन्। रक्तदानले रगतको अभावमा रहेका बिरामीको जीवन बचाउन महत्त्वपूर्ण योगदान पुर्याउने भएकाले इच्छुक नागरिकलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गरिएको छ।




