धनुषा । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने प्रकृतिका भिडियो पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१९ निवासी अन्दाजी २१ वर्षीय ‘काले’ भनिने पशुपति पासवान रहेका छन्। उनलाई सोमबार बिहान आफ्नै घरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
टिकटकमा हिंसात्मक तथा धम्कीपूर्ण भिडियो सम्प्रेषण गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ परेका पासवानमाथि थप अनुसन्धान भइरहेको छ। उनीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।




