Categories समाचार

आधारहीन समाचार प्रकाशित गर्न बन्द गर्नुहोस् : यादव

Advertisement

वीरगंज । नेकपा एमालेकी नेतृ तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट पछिल्लो संघीय निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा पराजित भएकी रीमा कुमारी यादवले आफ्नो रास्वपा प्रवेशबारे प्रकाशित समाचारप्रति आपत्ति जनाएकी छन्।

वीरगंज महानगरपालिकाका पूर्वप्रमुख तथा एमाले नेता विजयकुमार सरावगीले पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएपछि यादव पनि रास्वपा प्रवेश गर्न लागेको भन्दै विभिन्न समाचार प्रकाशित भएका थिए।

Advertisement

यसैबीच यादवले सामाजिक सञ्जालमार्फत पत्रकारिताको धर्म सत्यतथ्य समाचार सम्प्रेषण गर्नु रहेको उल्लेख गर्दै आधारहीन तथा भ्रामक समाचार प्रकाशन नगर्न आग्रह गरेकी छन्।

Advertisement

उनले लेखेकी छन्, “पत्रकारको काम सत्यतथ्य समाचार सम्प्रेषण गर्नु हो, झुटा र भ्रामक समाचार फैलाउनु होइन। आधारहीन समाचार प्रकाशित गर्न बन्द गर्नुहोस् र पत्रकारिताको विश्वसनीयता कायम राख्नुहोस्।”

यादवको यो अभिव्यक्ति उनको रास्वपा प्रवेशबारे सार्वजनिक भएका समाचारप्रति लक्षित देखिन्छ। उनले सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा अपुष्ट र भ्रामक समाचार प्रकाशन नगर्न तथा पत्रकारिताको विश्वसनीयता कायम राख्न जोड दिएकी छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *