Categories समाचार

भारतीय महावाणिज्यदूतावासका कन्सुलसँग फोटो पत्रकार महासंघको भेट, पेसागत चुनौतीबारे छलफल

Advertisement

वीरगंज। नेपाल फोटो पत्रकार महासंघको केन्द्रीय कार्यसमितिले भारतको महावाणिज्यदूतावास, वीरगंजका कन्सुल मनीष दाससँग शिष्टाचार भेटघाट गरेको छ। भेटका क्रममा महासंघको तेस्रो महाधिवेशनका अवसरमा प्रकाशित स्मारिका हस्तान्तरण गर्नुका साथै फोटो पत्रकारिताको विकास र फोटो पत्रकारहरूले भोग्दै आएका पेसागत चुनौतीबारे छलफल भएको छ।

महासंघका केन्द्रीय अध्यक्ष हरि रेग्मी र केन्द्रीय सदस्य राहुल गुप्ताले कन्सुल दाससँग भेट गरी फोटो पत्रकारहरूको अवस्था, हकहितको संरक्षण, पेसागत सुरक्षा तथा क्षमता अभिवृद्धिका विषयमा विचार आदानप्रदान गरेका थिए।

Advertisement

भेटका क्रममा कन्सुल दासले फोटो पत्रकारहरूले पेसागत क्षेत्रमा भोग्दै आएका चुनौती र फोटो पत्रकारिताको विकास तथा प्रवर्द्धनका विषयमा चासो व्यक्त गरेका थिए। फोटो पत्रकारितालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकायबीच सहकार्य र समन्वय आवश्यक रहेको विषयमा समेत छलफल भएको जनाइएको छ।

Advertisement

यसैबीच, महासंघका अध्यक्ष रेग्मीले भेटघाटलाई सफल बनाउन भूमिका निर्वाह गरेको भन्दै केन्द्रीय सदस्य राहुल गुप्ताप्रति धन्यवाद व्यक्त गरेका छन्। गुप्ताको सक्रियता र सहयोगले संस्थागत सम्बन्ध विस्तारमा योगदान पुगेको उल्लेख गर्दै अध्यक्ष रेग्मीले आगामी दिनमा पनि फोटो पत्रकारहरूको हकहित संरक्षण र पेसागत विकासका लागि विभिन्न निकायसँग सहकार्यलाई निरन्तरता दिने बताएका छन्।

नेपाल फोटो पत्रकार महासंघले फोटो पत्रकारहरूको अधिकार संरक्षण, क्षमता अभिवृद्धि तथा फोटो पत्रकारिताको विकास र प्रवर्द्धनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गर्दै आएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *