Categories समाचार

आचार्य एकेडेमीमा विजयादशमीको शुभकामना आदानप्रदान तथा टीका कार्यक्रम सम्पन्न

Advertisement

वीरगञ्ज । आचार्य एकेडेमी, प्रगतिनगर, वीरगञ्ज–३ मा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान तथा टीका कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा टीका लगाउँदै आपसी सद्भाव, एकता, प्रेम र भाइचाराको सन्देश आदानप्रदान गरिएको थियो।

Advertisement

साथै, सहभागीहरूले एकअर्काको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै विजयादशमीको शुभकामना व्यक्त गरेका थिए।

Advertisement

कार्यक्रमपछि विद्यालयमा विजयादशमीको बिदा गरिएको छ। विद्यालयका सञ्चालक मो. सगीर अलीले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका तथा कर्मचारीहरूलाई विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै चाडपर्वलाई आपसी सद्भाव, मेलमिलाप र खुसीका साथ मनाउन आग्रह गर्नुभएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *