Categories समाचार

समृद्ध नेपाल फाउन्डेसनको गरबा–डान्डिया कार्यक्रम भव्य रूपमा सम्पन्न

Advertisement

वीरगंज । समृद्ध नेपाल फाउन्डेसनको आयोजनामा वीरगंजस्थित टाउन हलमा बिहीबार आयोजित गरबा तथा डान्डिया नृत्य कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब ४५० जनाको सहभागिता रहेको थियो।

गरबा तथा डान्डिया नाइट्सको चौथो संस्करणअन्तर्गत आयोजित कार्यक्रममा सहभागीहरूले गरबा र डान्डिया नृत्यमार्फत सांस्कृतिक उत्सवको आनन्द लिएका थिए। कार्यक्रममा बलिउड शैलीको सांगीतिक प्रस्तुतिसमेत रहेको थियो।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि रामबाबु साह सोनार रहेका थिए। विशिष्ट अतिथिका रूपमा दिलीप कार्की, ओमप्रकाश सर्राफ, राजन श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो।

Advertisement

समृद्ध नेपाल फाउन्डेसनले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै आएको छ। संस्थाका सुरज सर्राफका अनुसार यस कार्यक्रमबाट बचत भएको रकम रसुवामा हालै आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न खर्च गरिनेछ।

संस्थाले यसअघि पनि विभिन्न कार्यक्रमबाट बचत भएको रकम सामाजिक कार्यमा सहयोग गर्दै आएको छ। सांस्कृतिक कार्यक्रममार्फत समाजमा आपसी सद्भाव, एकता र सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *