वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज, पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सम्पन्न ७१औँ प्रहरी दिवस २०८३ को विशेष समारोहमा समाजसेवी मनिष कुमार सिंह राजपूत सम्मानित भएका छन् ।
वीरगंज महानगरपालिका वडा नं. १८ निवासी राजपूतलाई समाजमा शान्ति, सुरक्षा, अमनचयन तथा सामाजिक सद्भाव कायम गर्ने कार्यमा नेपाल प्रहरीलाई पुर्याउनुभएको महत्त्वपूर्ण सहयोगको मूल्यांकन गर्दै प्रशंसापत्र प्रदान गरिएको हो।
पर्सा जिल्ला अदालतका न्यायाधीश देवी कुमारी चौधरीले उहाँलाई प्रशंसापत्र हस्तान्तरण गर्नुभएको थियो।
प्रशंसापत्रमा राजपूतले समाजमा पुर्याउनुभएको योगदानको सराहना गर्दै आगामी दिनमा पनि नेपाल प्रहरीलाई निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरिएको छ। साथै, उहाँको उत्तरोत्तर प्रगतिको कामनासमेत गरिएको छ।




