Categories समाचार

बारामा खुल्यो ‘ब्रदर टिस्यु पेपर’ उद्योग, स्वदेशी उत्पादनमा युवाको पहल

Advertisement

बारा । बाराको बिश्रामपुर गाउँपालिका इटियाहीस्थित ‘ब्रदर टिस्यु पेपर’ उद्योग शुक्रबारदेखि विधिवत् रूपमा सञ्चालनमा आएको छ। पूजापाठ गरी उद्योगको औपचारिक सुरुवात गरिएको हो।

नेपालमै टिस्यु पेपर उत्पादन गर्ने उद्देश्यसहित सञ्चालनमा आएको उद्योगले गुणस्तरीय, नरम, स्वच्छ तथा बढी सोस्ने क्षमता भएको टिस्यु पेपर बजारमा उपलब्ध गराउने लक्ष्य राखेको छ। उद्योगबाट उत्पादित टिस्यु पेपर दैनिक प्रयोगका लागि उपयुक्त हुने जनाइएको छ।

Advertisement

‘केयर्स लाइक योर ब्रदर’ अर्थात् दाजुभाइजस्तै हेरचाह भन्ने नारासहित अघि बढेको ‘ब्रदर टिस्यु पेपर’ ले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। उद्योगको प्याकेजिङमा ‘मेड इन नेपाल’ उल्लेख गरिएको छ।

Advertisement

पछिल्लो समय रोजगारीका लागि विदेश जाने युवाको संख्या बढिरहेका बेला स्वदेशमै उद्योग तथा व्यवसाय स्थापना गर्ने प्रयासलाई अर्थपूर्ण रूपमा हेरिएको छ। स्थानीय स्तरमा उद्योग सञ्चालन हुँदा रोजगारीका अवसर सिर्जना गर्न, आर्थिक गतिविधि बढाउन र उत्पादनमूलक क्षेत्रमा युवाको सहभागिता विस्तार गर्न सहयोग पुग्न सक्छ।

नेपालमै दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने यस्ता उद्योगको विकासले स्वदेशी उत्पादनको बजार विस्तार गर्न तथा आयातित वस्तुमाथिको निर्भरता कम गर्नसमेत योगदान पुर्‍याउन सक्छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *