Categories समाचार

महाअष्टमीमा वीरगन्ज कपडा बैंकद्वारा १५ सय जनालाई कपडा र नास्ता वितरण

Advertisement

वीरगन्ज । महाअष्टमीको अवसरमा वीरगन्ज कपडा बैंकले करिब १ हजार ५०० जनालाई निःशुल्क कपडा तथा नास्ता वितरण गरेको छ।

वीरगन्जको पानगल्ली मेनरोडस्थित ॐ शिव शक्ति ट्रेड कन्सर्न एन्ड सप्लायर्स अगाडि आयोजित कार्यक्रममा नयाँ तथा पुराना कपडा र चनाभुजा वितरण गरिएको बैंकका सदस्य नवराज भट्टराईले जानकारी दिए।

Advertisement

बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मीले ‘कोही नाङ्गो नरहोस्’ भन्ने उद्देश्यका साथ बैंकले विगत सात वर्षदेखि विपन्न तथा असहायलाई सहयोग गर्दै आएको बताए।

Advertisement

उनले आगामी दिनमा निःशुल्क भोजन सेवा सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै सामाजिक सेवामा सबैलाई योगदान गर्न आग्रह गरे।

बैंकले नियमित रूपमा आफ्नो कार्यालयबाट निःशुल्क कपडा वितरण गर्नुका साथै चाडपर्व तथा आगलागी र बाढीजस्ता विपद्का बेला पनि प्रभावितलाई सहयोग गर्दै आएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *