वीरगंज । पर्साको वीरगंज महानगरपालिका–२५ सिर्सियाबाट ब्राउनसुगरजस्तो देखिने ५ ग्राम ६९ मिलिग्राम पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई ड्राईपोर्टस्थित सशस्त्र प्रहरीको बीओपी टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेको हो।
पक्राउ पर्नेमा भारतको मोतिहारी, मिश्र कोलोनी, डंकन रोड–७ निवासी २८ वर्षीय रितेश कुमार रहेका छन्। उनलाई मोटरसाइकल र बरामद पदार्थसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राति ११ बजे इलाका प्रहरी कार्यालय छपकैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।





