वीरगंज । वीरगंज महानगरपालिका–२ स्थित छठघाट युवा समितिको आयोजनामा नवरात्रिको अवसरमा १५१ कन्या पूजन कार्यक्रम सम्पन्न भएको छ।
नवरात्रमा देवी दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गर्ने परम्पराअनुसार आयोजित कार्यक्रममा कन्याहरूलाई विधिपूर्वक पूजा गर्नुका साथै भोजन र दक्षिणा प्रदान गरिएको थियो।
हिन्दू धर्ममा कन्यालाई देवी दुर्गाको स्वरूप मानेर पूजा गर्ने परम्परा रहेको छ। कन्या पूजनले नारीप्रतिको सम्मान, धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक परम्पराको संरक्षणमा सकारात्मक सन्देश दिने विश्वास गरिन्छ।
कार्यक्रममा राजु कुशवाहा, राकेश कुशवाहा, रोहित सर्राफ, सुरज सर्राफ, बलजित कुशवाहालगायत स्थानीय युवा, अभिभावक तथा अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
युवा समितिले धार्मिक तथा सांस्कृतिक कार्यक्रममार्फत मौलिक परम्पराको जगेर्ना गर्नुका साथै नयाँ पुस्तामा संस्कार, सद्भाव र सामाजिक एकताको भावना विकास गर्ने प्रयास गरेको छ।





