वीरगंज । समृद्ध नेपाल फाउन्डेसनले वीरगंजस्थित विश्वप्रसिद्ध गहवामाई मन्दिर परिसरमा सोमबार हजारौँ भक्तजनलाई प्रसाद वितरण गरेको छ।
नवरात्रको अवसरमा मन्दिरमा दर्शन तथा पूजाआराधनाका लागि पुगेका भक्तजनलाई संस्थाले प्रसाद वितरण गरेको जनाएको छ। धार्मिक आस्था र सेवाभावलाई जोड्दै गरिएको यस कार्यले भक्तजनबीच आत्मीयता र सामाजिक सद्भाव बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
संस्थाका संस्थापक अध्यक्ष सुरज सर्राफले धर्म, संस्कृति र परम्पराको संरक्षणसँगै समाजसेवामा पनि सबैको सहभागिता आवश्यक रहेको बताए।
धार्मिक तथा सांस्कृतिक अवसरमा भक्तजनको सेवा गर्न पाउनु खुसीको विषय भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने सकारात्मक प्रतिबद्धता व्यक्त गरे।





