Categories समाचार

वीरगंजमा आज ‘डीजे डान्डिया’ कार्यक्रम हुँदै, संस्कृति र मनोरञ्जनको संगम बन्ने अपेक्षा

Advertisement

वीरगंज । संस्कृति नेपाल फाउन्डेसनको आयोजनामा आज (मंगलबार) वीरगंजस्थित टाउनहलमा ‘डीजे डान्डिया’ कार्यक्रम आयोजना हुँदैछ।

नेपाली संस्कृति, परम्परा र मनोरञ्जनलाई जोड्दै युवादेखि परिवारका सदस्यसम्मलाई एकै ठाउँमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

Advertisement

सो कार्यक्रम आज दिउँसो ४ बजेदेखि सुरु हुनेछ। आयोजकका अनुसार कार्यक्रममा डान्डिया नृत्य, डीजे संगीत तथा मनोरञ्जनका विभिन्न गतिविधिमार्फत सहभागीलाई उत्सवमय वातावरण प्रदान गरिनेछ।

Advertisement

कार्यक्रममा सहभागी हुन एकल टिकटको मूल्य ४९९ रुपैयाँ र जोडी टिकटको मूल्य ७९९ रुपैयाँ निर्धारण गरिएको छ। टिकटमा डान्डिया स्टिक, स्न्याक्स तथा पेय पदार्थसमेत समावेश गरिएको आयोजकले जनाएको छ। कार्यक्रमस्थलमा प्रवेशको अन्तिम समय साँझ ६ बजे तोकिएको छ। कार्यक्रमको टिकट बुकिङका लागि ९८२६२८१२९७ र ९८२०७९१३९७ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

यस्ता कार्यक्रमले युवाहरूलाई सिर्जनात्मक मनोरञ्जनमा जोड्नुका साथै सामाजिक भेटघाट, आपसी सद्भाव र सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। वीरगंजमा उत्सव तथा मनोरञ्जनात्मक कार्यक्रमको आकर्षण बढ्दै गएको सन्दर्भमा ‘डीजे डान्डिया’ले पनि स्थानीय सहभागीलाई रमाइलो अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *