वीरगंज । छठ पर्वलाई लक्षित गर्दै छोटु राज इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार पारिएको भोजपुरी छठ गीत ‘तोहके पुकारे छठ घाट’ सार्वजनिक भएको छ।
स्थानीय लोक गायक छोटु राज र अञ्जली भारद्वाजको स्वर रहेको गीतमा अम्बिका तिवारी (अम्मु) फिचर्ड छिन्। गीतको भिडियोमा जान्वी, सलोनी, काजल, राहुल विकास, मनोज, बाली, मणि र अनिशले अभिनय गरेका छन्।
गीतका शब्द विश्वनाथ पाण्डेयले लेखेका हुन् भने संगीत गौरव रोशनले दिएका छन्। भिडियो निर्देशन जितु जितेन्द्र पटेलले गरेका छन्। सोनु यादवले छायांकन तथा सम्पादन गरेका छन्। गीतको डिजिटल व्यवस्थापन गोसाई मिडिया र पोस्टर डिजाइन युवराज निरालाले गरेका हुन्।
छठ पर्वको धार्मिक आस्था र सांस्कृतिक परम्परालाई समेटेर तयार पारिएको गीतले छठको माहोललाई सांगीतिक रूपमा प्रस्तुत गरेको छ।





