वीरगंज । वीरगंज महानगरपालिका–६ स्थित गहवामाई मन्दिरको उत्तरतर्फ रहेको हर्स ज्वेलर्सबाट चोरी भएका सुनचाँदीका गहना प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ असोज ३० गते दिउँसो करिब २ बजे वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले चोरी भएका गहना बरामद गरेको हो।
प्रहरीले १ तोला सुनको सिक्री र २ तोला चाँदीका ५ सेट पायल गरी करिब ४ लाख ११ हजार रुपैयाँ मूल्य बराबरका गहना बरामद गरेको जनाएको छ।
उक्त चोरीको घटनामा संलग्न रहेको आरोपमा एक महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।





