Categories समाचार

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ५ जना पक्राउ

Advertisement

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार साँझ करिब ७ः३० बजे गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

Advertisement

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–४ का ४८ वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका–८ का ४९ वर्षीय अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवास कुमार, परवानीपुर गाउँपालिका–५ का ३५ वर्षीय सुनिल पटेल र रौतहटको बौधीमाई नगरपालिका–९ का ५० वर्षीय सुमेश्वरनाथ प्रसाद रहेका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ परेका पाँचै जनालाई कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको छ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *