Categories शिक्षा समाचार

बीपीएस प्लस टु कलेजको ‘फ्रेसर्स फिएस्टा’ सम्पन्न, विद्यार्थीलाई अनुशासन र असल आचरणको सन्देश

वीरगंज । बीपीएस प्लस टु कलेजले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागतमा आयोजना गरेको ‘फ्रेसर्स फिएस्टा’ कार्यक्रम शनिबार सम्पन्न भएको छ।

वीरगंजस्थित होटल भिस्वामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै एसपी भट्टराईले विद्यार्थी जीवनमा अनुशासन, नैतिकता र असल आचरणको महत्त्वमाथि जोड दिएका छन्। उनले विद्यार्थीलाई ठूलो लक्ष्य निर्धारण गरी सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्दै जीवनमा सफलता हासिल गर्न अनुशासनको पालना अपरिहार्य रहेको बताए।

Advertisement

‘जीवनमा ठूलो व्यक्ति होइन, असल व्यक्ति बन्नुहोस्’ भन्ने सन्देश दिँदै उनले विद्यार्थीलाई गलत गतिविधि तथा कुसङ्गतबाट टाढा रहन आग्रह गरे। विद्यार्थी जीवन भविष्य निर्माणको महत्त्वपूर्ण समय भएकाले असल साथीको सङ्गत गर्न र आफ्नो लक्ष्यप्रति केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

त्यसैगरी, उनले आमाबुबा जीवनका पहिलो गुरु भएको उल्लेख गर्दै उनीहरूको योगदान, त्याग र समर्पणलाई सम्मान गर्न विद्यार्थीलाई आग्रह गरे। सुख–दुःखमा सधैँ साथ दिने अभिभावकप्रति आदर र सम्मान कायम राख्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रमको अध्यक्ष्ता कलेजका एकेडेमिक डाइरेक्टर दीपक पटेलले गरेका थिए। कार्यक्रममा कलेजका एचआर डाइरेक्टर सन्दीप कुशवाहा, बोर्ड अफ डाइरेक्टरद्वय सुरेश कुशवाहा र राजेन्द्र चौधरी, प्रिन्सिपल प्रभात मेहता तथा वीरगञ्ज मानवसेवाका दिवेश गुप्ता विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

त्यसैगरी, शिक्षक अनिल बर्नमाल, हरेन्द्र कुशवाहालगायत शिक्षक–शिक्षिका, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

कक्षा १२ का विद्यार्थीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा आपसी परिचय, मित्रता र आत्मीयता अभिवृद्धि गर्दै नयाँ शैक्षिक यात्रालाई उत्साहपूर्ण बनाउने सन्देश दिइएको थियो।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *