Categories विदेश समाचार

टर्कीमा शक्तिशाली भुकम्पको धक्का, ठूलो धनजनको क्षति

Advertisement

एजेन्सी । टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भुकम्पले ठूलो धनजनको क्षति गरेको छ। अधिकांश भवनहरू भत्कनुका साथै हालसम्म १० जनाको ज्यान गएको एपीले जनाएको छ।

Advertisement

दक्षिणपूर्वी टर्की र सिरियाको सीमानामा गएको ७.८ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय क्षति गरेको टर्कीका गृहमन्त्री सुलेमान सोयलुले जानकारी दिए।

Advertisement

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धारको टोली पठाएको जानकारी दिँदै भग्नावशेषमा फसेकाको उद्धारलाई तिब्रता दिइएको बताए।

Advertisement

उनले यो प्रकोपलाई सकेसम्म चाँडो र कम क्षतिका साथ पार गर्ने जिकिर गरे।

यो क्षेत्रमा कम्तिमा ६ वटा परकम्प गएको थियो। अझै पनि परकम्प आउने क्रम नरोकिएकाले मानिसहरूलाई जोखिमका कारण क्षतिग्रस्त भवनहरूमा प्रवेश नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ।

भग्नावशेषमा फसेका मानिसलाई बाहिर निकालेर अस्पताल पुर्‍याउने आफूहरू प्रमुख प्राथमिकता रहेको गृहमन्त्री सोयलुले जानकारी दिए। 

अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्रविन्दु प्रमुख सहर र प्रान्तीय राजधानी गाजियन्टेपबाट करिब ३३ किलोमिटर (२० माइल) को दुरीमा रहेको छ। 

टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन एजेन्सी एएफएडीले भूकम्पको केन्द्र कहरामनमारस प्रान्तको पाजारसिक सहरमा केन्द्रित भएको बताएको छ।

छिमेकी प्रान्त मलात्या, दियारबाकिर र मलात्यामा धेरै भवनहरू ध्वस्त भएको हेबरटर्क टेलिभिजनले जनाएको छ। हताहतको बारेमा जानकारी आएको छैन।

समाचार संस्था एपीका अनुसार भूकम्पको धक्का सिरिया र लेबनानसम्म महसुस गरिएको जनाएको छ ।

सिरियाको उत्तरी सहर एलेप्पो र हामाको मध्य सहरमा केही भवनहरू भत्किएको सिरियाको सरकारी सञ्चारमाध्यमले जनाएको छ। दमास्कसमा, भवनहरू हल्लिए र धेरै मानिसहरू डरले सडकमा आएको बताइएको छ।

मध्यपूर्वमा हिउँको आँधी चलिरहेको बेला यो भूकम्प बिहीबारसम्म जारी रहने अनुमान गरिएको छ ।

सन् १९९९ मा उत्तरपश्चिम टर्कीमा गएको शक्तिशाली भूकम्पमा झन्डै १८ हजारको मृत्यु भएको थियो।

फोटो : साभार
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *