Categories विदेश

दुई महिनापछि दिल्लीबाट नाबालिग किशोरीको सकुशल उद्धार, एक पक्राउ

Advertisement

वीरगंज । पूर्वी चम्पारण (मोतीहारी) जिल्लाकी १६ वर्षीया एक नाबालिग किशोरीलाई दिल्लीबाट सकुशल उद्धार गरिएको छ। ती किशोरी करिब दुई महिना अघि अचानक घरबाट बेपत्ता भएकी थिइन्। घटनापछि उनका परिवारले स्थानीय प्रहरी चौकीमा एफआईआर दर्ता गराएका थिए, तर लामो समयसम्म खोजी गर्दा पनि कुनै ठोस सुराग फेला पर्न सकेको थिएन।

करिब दुई महिनासम्म कुनै जानकारी नआएपछि परिवारले नाबालिग मानव तस्करीको सिकार भएको आशंका गरेका थिए। सोही क्रममा रवि नामक व्यक्तिले किशोरीलाई बहकाएर नेपाल लगेको भन्ने सूचना प्राप्त भएको थियो। नेपालमा समेत प्रहरीको सहयोगमा खोजी गरिए पनि किशोरीको अत्तोपत्तो लाग्न सकेन। पछि आरोपीको एउटा मोबाइल नम्बर फेला परे पनि उक्त नम्बर लगातार बन्द अवस्थामा रहेको थियो।

Advertisement

सबै प्रयास असफल भएपछि पीडित परिवारले एएचटियु एसएसबी रक्सौल तथा सीमान्त मुख्यालय एसएसबी तेजपुर (असम) सँग सम्पर्क गरेका थिए। घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्राविधिक टोली गठन गरियो। टोलीले बन्द मोबाइल नम्बरसम्बन्धी प्राविधिक विवरण संकलन गरी आरोपी रविको लोकेसन ट्रेस गर्दा उनी दिल्लीमा रहेको पुष्टि भयो।

Advertisement

यसपछि संयुक्त कारबाही गर्दै टोलीले दिल्लीमा छापा मारी नाबालिग किशोरीलाई सकुशल उद्धार गर्न सफल भयो भने आरोपी रविलाई पक्राउ गरियो। हाल थप कानुनी कारबाहीका लागि उक्त मुद्दा पूर्वी चम्पारण (मोतीहारी) जिल्ला प्रहरीलाई हस्तान्तरण गरिँदैछ।

यस सफल संयुक्त अपरेसनमा राष्ट्रिय मानवअधिकार आयोग, नयाँ दिल्लीका श्री प्रियंक कानूनगो, मानव तस्करीविरुद्धको इकाई एसएसबी रक्सौलका इन्स्पेक्टर विकास कुमार, क्षेत्रीय मुख्यालय एसएसबी बेजपारा (असम) का इन्स्पेक्टर मनोज कुमार शर्मा, सीमान्त मुख्यालय एसएसबी तेजपुर (असम), मिशन मुक्ति फाउन्डेसन दिल्लीका निर्देशक श्री वीरेंद्र सिंह, क्राइम ब्रान्च नयाँ दिल्ली, पश्चिमी दिल्लीको ख्याला प्रहरी थाना तथा एनजीओ रेस्क्यू एन्ड रिलिफ फाउन्डेसनको विशेष सहयोग रहेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *