Categories साहित्य

मोज गर प्रचण्ड मोज गर : कविता

मोज गर प्रचण्ड मोज गर।
जानताको पैसा माथि मोज गर।।
सम्धी, सम्धन भेट्न जानु पर्यो,
हेलीकाप्टर चढ़।
मोज गर प्रचण्ड मोज गर।
जानतको पैसा माथि मोज गर।।

लुटको धन, फुपूको श्राद,
प्रधानमन्त्रीको कुर्सी
रजाई माओबाद,
लुटको नया नया तरीका खोज गर।
मोज गर प्रचण्ड मोज गर।
जनताको पैसा माथि मोज गर।।

Advertisement

नयाँ नयाँ ज्वाईं लाई अब न्युक्ति देऊ,
पुराना जागीरे लाई मुक्ति देऊ,
टेन्सन न लिनु प्रचण्ड केही हुन्न,
अख्तियार त के
उसको बाउ ले पनि छुन्न,
एकै डयाँग का मुला छन तिम्रा वरपर।
मोज गर प्रचण्ड मोज गर।
जानताको पैसा माथि मोज गर।।

Advertisement

मामाघर जानु पर्यो या ससुराली घर,
पाएको सुबिधा सदुपयोग गर,
मोज गर प्रचण्ड मोज गर।
जनताक़ो पैसा माथि मोज गर।।

लेखक : अशोक कुश्वाहा

Leave a Reply

Your email address will not be published. Required fields are marked *